काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभ साइत दसैँतिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहारहरु प्रदान गर्दछ।

यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरण खरिद गर्दा ४०% सम्म क्यासब्याक र ग्यारेन्टी उपहार उपलब्ध गराएको छ। यसका साथै ग्राहकले एलजीका सबै उत्पादनमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मज्जा लिन पनि सक्छन्। त्यसैगरी ग्राहकले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले पाउन सक्छन्–

– एलजी साइड बाई साइड र फ्रेन्च ढोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन ÷ एयर फ्राइर 
– एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो,
– एलजी डबल डोर फ्रिज (न्ीप्द्दढद्दक्ीत्ी बाहेक) को खरीदमा फ्यान र कुलर र उपहार बक्स,
– सिंगल डोर फ्रिजमा क्यासब्याक,
– माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट,
– एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर,
– ९ किलोसम्मको एलजी वाशर र वाशर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर,
– टप लोड ट्विन टबको खरिदमा ४ लि एरियल म्याटिक लिक्कइड
– एलजी डिशवाशरको खरीदमा डिशवाशर किट
– एलजी भ्याकुम क्लिनरको खरिदमा चपर
– एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर

यसका साथै यस अवधिभित्र एलजीको टीभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ। नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दछ।

यो अभियान भदौ २५ देखि नेपालभर सीमित अवधिका लागि लागू हुनेछ।