काठमाण्डौ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ बर्ष २०८० लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘शुभकामना नयाँ वर्षको सम्बन्ध जीवनभरको’ जारी गरेको छ। यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ। 

यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्ररोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५% सम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ।

एलजी होम इन्टरटेन्मेन्टअन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टीभी, एलजी यूएचडी टीभी, वाइरलेस स्ीिकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५% सम्म बढी क्याश ब्याक प्राप्त गर्न सक्नेछन्।

ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर (३६० लिटर सम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म) को खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोड÷टिव्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन्। त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन्। 

यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्याश ब्याक प्राप्त गर्नेछन्।

त्यस्तै एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश रु. ४ हजार र रु. ५ हजारको निःशुल्क स्थापना सेवा पाउनेछन्।

यो योजना नेपालभरि चैत १२ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ।