काठमाण्डौ । एलजी इलेक्ट्रोनिक्सले टीभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ। 

ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरु प्रदान गरेर उपभोक्ताहरुको दैनिक जीवनलाई समृद्ध बनाउने एलजीको दृढ प्रतिबद्धतालाई एसीएसआई नतिजाहरुले जोड दिन्छ। एसीएसआई एक प्रख्यात र एकमात्र अमेरिकी संस्था हो। जसले उद्योगहरुको ग्राहकको सन्तुष्टि मापन गर्दछ। 

दुई दशकभन्दा बढी विशेषज्ञता भएको उक्त संस्थाले विभिन्न प्रकारका उद्योगहरुको विस्तृत  मूल्यांकन गर्दछ। एसीएसआई सर्वेक्षणका निष्कर्ष अत्यन्त विश्वसनीय मानिन्छ। जुन ५ लाखभन्दा बढी ग्राहकको अन्तर्वार्ताबाट साभार गरिएको हो।  

एलजीले यस वर्षको एसीएसआई टीभी  क्याटगोरीमा ८३ स्कोर रेकर्ड कायम गरी शीर्ष स्थान हासिल गर्न सफल रह्यो। जुन ४ प्रतिशत उल्लेखनीय वृद्धि हो। 

एलजी टीभीले उत्पादनको स्थायित्व, इन्टर्नल कन्फिगरेसन, बाहिरी डिजाइन र वारेन्टी कभरेजलगायत धेरै क्याटगोरीमा ग्राहकमाझ लगातार उत्कृष्ट प्रदर्शन गरेको छ।

यसका साथै होम अप्लाइन्सेसको विधामा एलजीले लगातार २ वर्ष पहिलो स्थान हासिल गरेको छ। गत वर्ष ८१ स्कोर हासिल गर्ने एकमात्र उत्पादक रहेको एलजीले यस वर्ष ८२ अंकको साथ गौरवपूर्ण स्याटिसफ्याक्सन इन्डेक्स हासिल गरेको छ। जुन एलजीको अघिल्लो उपलब्धिभन्दा १ अंकको वृद्धि हो।  

एलजीले आफ्नो भिजनलाई दिगो तथा वातावरणमैत्री प्रविधिसँग एकबद्ध गरेको छ। अमेरिकी ऊर्जा विभागले उत्पादकहरुलाई होम अप्लाइन्सेसमा पानी र ऊर्जा खपत घटाउनका लागि विभिन्न नियम र मापदण्ड निर्माण गरेको छ। यी सत्प्रयासका माझ एलजी वातावरण संरक्षणमा सदैव समर्पित रहेको छ।

एलजीले नेपालमा पनि विगत ३५ वर्षदेखि दिगो तथा वातावरणमैत्री प्रविधियुक्त उत्कृष्ट उत्पादनहरु भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ। नेपालभर एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।