काठमाण्डौ । नेपालमा एलिका उत्पादनहरूको एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालिको दसैंतिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको अग्रणी निर्माता हो । एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैंतिहारलाई लक्षित गर्दै ‘दसैंतिहार मनाऔँ, खुसीमा रमाऔं’ भन्ने नारासहित जारी गरेको  उक्त अफरअन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहारस्वरूप प्रदान गरिनेछ ।

यो ग्राहक योजना १३ भदौदेखि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवोटा प्लान्टहरू छन् । ३ हजार ८०० जना कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । 

एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दै आएको छ ।