काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले कर्णाली प्रदेशको दैलेखमा आज मंगलबारदेखि उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाका रुपमा सञ्चालनमा ल्याएको छ। 

कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति थियो। दैलेख शाखासहित कम्पनीको देशभर शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेका छन्। 

कम्पनीले चालु आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नति र ४ वटा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ। निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाका लागि सम्भाव्यताका आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादीसहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ। ५ अर्ब अधिकृतपुँजी रहेको कम्पनीको चुक्तापुँजी रु. २ अर्ब १ करोड र २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रु.२३ अर्ब ६ करोड रहेको छ।