काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नति गरी यस कम्पनीको ४३ औँ शाखाका रुपमा आजदेखि सञ्चालनमा ल्याएको छ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहज रुपमा जीवन बीमा सेवा पुर्याउने रणनीतिअनुरुप कम्पनीले शाखा सञ्जाल विस्तार गरिरहेको बताए।
उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक लोकराज जोशी, क्लष्टर प्रमुख धु्रवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाका साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति थियो।
कम्पनीको कुल ४३ वटा शाखा र १०५ वटा उपशाखा सञ्चालनमा रहेका छन्। आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु. २७ अर्ब ७५ करोड रहेको छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा रु. १ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19