काठमाण्डौ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क 'खल्ती' बाट सीधै तिर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०४९ बमोजिम बीमा समिति (नेपाल बीमा नियामक प्राधिकरण) बाट २०६४ फाल्गुन १५, मा आफ्नो सञ्चालन अनुमतिपत्र प्राप्त गरी २०६४ चैत्र २१ मा काम गर्न थाल्यो। कम्पनीले देशव्यापी रुपमा १४० शाखा सञ्जालमार्फत राष्ट्रको सेवा गरिरहेको छ।
यो सुविधा कार्यान्वयनमा आएसँगै अब एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ।
‘हामीले देखिरहेका छौँ कि कसरी संसार नगदबाट नगदरहित सिस्टममा परिवर्तन हुँदैछ। हामी विश्वास गर्छौं कि 'खल्ती' सेवामार्फत ग्राहकले आफ्नो बीमा प्रिमियम अनलाइन तिरेर बहुमूल्य समय बचाउन सक्नेछन्’, खल्तीको मर्चेन्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले भनिन्।
एशियन लाइफ इन्स्योरेन्सको नवीकरण बीमा शुल्क'खल्ती' बाट यस प्रकार तिर्न सकिन्छ-
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो 'खल्ती' केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको 'खल्ती' ले विगत ४ वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ। 'खल्ती' वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरु लिन सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago