काठमाण्डौ । नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डको सहकार्यमा फागुन २२ गते काठमाण्डौको इन्द्रचोकमा रङको पर्व होली मनाएको छ। 

नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो। 

गत सोमबार दिउँसोको १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो जसमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो। जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो। 

सांगीतिक प्रस्तुतिबाहेक सहभागीहरुले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए। 

कार्यक्रमका बारेमा बोल्दै एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले भने, ‘काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डसँग होली मनाउन पाउँदा हामीले भाग्यमानी महसुस गरेका छौँ। यो कार्यक्रम नेवा संस्कृति र समुदायलाई प्रवर्द्धन तथा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेका थियौं जुन नेपालको समृद्ध सम्पदाको अभिन्न अंग हो। हामी सहभागीहरुको उत्साहजनक प्रतिक्रिया देखेर हामी निक्कै खुसी छौँ र हामी हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौँ।’

नेपाली संस्कृति र परम्परा अनि सहभागीहरुको प्रशंसासँगै कार्यक्रम निकै सफल भएको थियो। काठमाण्डौ महानगरपालिका वडा नम्बर २४ र कुटुम्बा ब्यान्डकासँगको यो सहकार्य नेपालको सांस्कृतिक विविधता र सम्पदाको प्रवर्द्धन गर्ने पहल थियो।