काठमाण्डौ । क्यालिडोस्कोप एशियन पेन्ट्स नेपालद्वारा आयोजित वार्षिक कार्यक्रम २०२२–२३ का लागि पुनः आयोजित भएलगायत नेपालका प्रतिभाशाली आर्किटेक्ट र इन्टेरियर डिजाइनर प्रवर्द्धन र आशाजनक प्रतिभाहरु प्रदर्शन गर्न कम्पनीको निरन्तर प्रयासहरुलाई बलियो बनाएको छ।
विगत १० वर्षभन्दा बढी समयदेखि यस सीएसआर पहल क्यालिडोस्कोपमार्फत विद्यार्थीहरुलाई आफ्नो रचनात्मकता र उपलब्धिको भावना निर्माण व्यक्त गर्ने अवसर छ भन्ने एशियन पेन्ट्सको दृढ विश्वास छ।
आर्किटेक्चरका विद्यार्थीका लागि २०२२–२३को प्रोजेक्ट कास्कीको पोखरास्थित ‘पोखरा मोन्युमेन्टल पार्क’ थियो भने इन्टेरियर डिजाइनका विद्यार्थीहरुका लागि ‘बुटिक होटल’ थियो। यो राष्ट्रियस्तरको प्रतियोगिताको आठौं संस्करण हो। जहाँ २०७४ ब्याच र २०७५ ब्याचका कुल गरेर ५१ विद्यार्थीले ११ आर्किटेक्चरल र २ इन्टेरियर डिजाइन कलेजहरुबाट भाग लिएका थिए। आर्किटेक्चर र इन्टेरियर डिजाइन संकायबाट उत्कृष्ट ५ विजेताहरुको घोषणा २०२३ अगस्टको २७ गते आइतबार सोल्टी होटलमा गरिएको थियो।
कार्यक्रम प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका साथै न्यायाधीशहरु, विश्वविद्यालयका प्रतिनिधिहरु, कलेज संयोजकहरु, शिक्षकहरु, विद्यार्थीहरु, विगतका विजेताहरु र एशियन पेन्ट्सका प्रतिनिधिहरुको उपस्थिति थियो।
आर्किटेक्ट कलेजबाट प्रतियोगिताको विजेता आईओई थापाथली क्याम्पसका सन्दीप तण्डुकार र इन्टेरियर डिजाइन कलेजबाट कान्तिपुर इन्टरनेसनल कलेजकी नीलिमा प्रधान दुवैले एशियन पेन्ट्सबाट ७० हजार नगद पुरस्कार प्राप्त गरे। फस्ट रनरअपहरु आर्किटेक्ट कलेजबाट एक्मी इन्जिनियरिङ कलेजका अनमोल भण्डारी र इन्टेरियर डिजाइन कलेजबाट आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी क्याथी मुननकर्मी भए र दुवैले एशियन पेन्ट्सबाट ४० हजार नगद पुरस्कार प्राप्त गरे।
आइओई थापाथली क्याम्पस (आर्किटेक्ट कलेज) का युनिश भट्ट क्षेत्री र कान्तिपुर इन्टरनेशनल कलेज (इन्टेरियर डिजाइन कलेज)की श्रीजा आचार्य एसियन पेन्ट्सबाट ३० हजार नगद पुरस्कार जित्दै सेकेन्ड रनरअप भएका थिए।
अन्तमा चार सान्त्वना पुरस्कार काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङकी मानशी श्रेष्ठ, आईओई थापाथली क्याम्पसकी रुची खकुरेल, आईईसी कलेज अफ आर्ट एण्ड फेसनकी नम्रता पन्त र आईईसी कलेज अफ आर्ट एन्ड फेसनकी रुचिता महर्जनलाई एशियन पेन्ट्सबाट १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
यस संस्करणको आर्किटेक्ट र इन्टेरियर डिजाइन दुवैका लागि विजेताहरुलाई प्यानलद्वारा छनोट गरिएको थियो। जसमा आर्किटेक्चर र इन्टेरियर डिजाइनर बिरादरीका प्रतिष्ठित व्यक्तित्वहरु – आर्किटेक्ट अरुण देव पन्त, आर्किटेक्ट अमुल मानन्धर, आर्किटेक्ट उमा साँगाछे श्रेष्ठ, आर्किटेक्ट एलेक्स श्रेष्ठ, आर्किटेक्ट येकराज अधिकारी, इन्टेरियर डिजाइनर सपना सापकोटा, इन्टेरियर डिजाइनर तेजिता वैद्य अमात्य र इन्टेरियर डिजाइनर बिवा जोशी संलग्न भएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago