काठमाण्डौ । एशियन पेन्टस् नेपालले भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन कम्पनीले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त चेक कम्पनीका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।
गत कात्तिक १७ गते जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निच्युडको भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएको भन्दै कम्पनीले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago