Renu Dahal
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालकी माइली पुत्री रेणुु दाहालले जित हासिल गरेकी छिन् ।
एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै उनले महानगरको पहिलो महिला मेयरको रुपमा जित्ने शौभाग्य प्राप्त गरेकी हुन् ।
उनको जितसँगै विभिन्न रेकर्ड त बनेका छन् नै, योसँगै उनी प्रचण्डपुत्री मात्र हुन् या राजनीतिमा उनको आफ्नै समेत योगदान छ भन्ने बिषय आम चासोको बिषय बनेको छ अहिले । हामीले यस्तै बिषयमा चासो राख्नेहरुका लागि उनको संक्षिप्त प्रोफाइल राख्ने प्रयास गरेका छौ ।
रेणुु प्रचण्डकी माइली पुत्री हुन् । प्रचण्डको चाहनाअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उनलाई उम्मेदवार बनाइएको थियो । उनलाई कांग्रेसले समेत साथ दिएको थियो।
पश्चिम चितवनको साविक शारदानगर ८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छिन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष, युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सहइञ्चार्ज, काठमाडौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् ।
हाल माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य समेत रहेकी उनी अनेमसंघ क्रान्तिकारीकी महासचिव पनि हुन् । २०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्रनम्बर १ बाट काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका १ छोरा र एक छोरी छन् ।
*यसअघिको समाचारमा माइली पुत्री हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
-सम्पादक
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago