काठमाण्डौ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सहकार्य गर्ने समझदारी भएको छ।
काठमाण्डौस्थित नेपाल एसबिआई बैंकको कर्पाेरेट कार्यालयमा आज समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीको प्रमुख लक्ष्य परियोजनामा लगानी, सिन्डिकेसन, प्रोजेक्ट अप्राइजल र नेपालमा अन्य वित्तीय परामर्श सेवालगायतका विविध सम्भावित अवसरका लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नुलगायत रहेको छ।
नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्य बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ।
समझदारीपत्रमा एसबिआई क्यापिटल मार्केट्सका तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सीएस सेट्टी, एसबिआई क्यापिटल मार्केट्सका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल तथा अन्य सञ्चालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे तथा एसबिआई, एसबीआईसीएपीएस, एनएसबीएल र एनएसएमबीएलका अन्य वरिष्ठ कर्मचारीको उपस्थिति थियो।
समझदारीपत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19