कठामाण्डौ। सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टका रुपमा इजीलिंक रेमिट्यान्सलाई नियुक्ति गरी भुक्तानी गर्नेसम्बन्धी सम्झौता गरेको छ।
सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै सिद्धार्थ बैंकको रेमिट्यान्स एसबिएल रेमिटमार्फत विश्वका बिभिन्न देशबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभर रहेका ६ हजार ५०० भन्दा धेरै एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ।
सम्झौतापछि इजीलिंक रेमिट्यान्सले एसबिएल रेमिटका सेवाग्राहीले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्कमार्फत पैसा निकाल्न सकिने र नेपालीहरुले विदेशबाट पठाएको पैसालाई छिटोछरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले बताए। इजीलिंक रेमिट्यान्सले विगत २२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago