काठमाण्डौ। लगानी र सहकार्यका लागि एसबी सोलुसन प्राइभेट लिमिटेड र डीजी हब प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ।
कम्पनीका अनुसार क्रेडिट र लेन्डिङ प्लेटफर्मलाई डीजीटाइज गर्ने लक्ष्यका साथ सहकार्य भएको हो। यो लक्ष्यलाई पूरा गर्नका लागि एसबी सोलुसनका अध्यक्ष र डीजी हबका प्रबन्ध निर्देशकबीचमा सम्झौता भएको हो।
लेन्डिङ क्षेत्रमा डिजिटलाइज गर्न एसबी सोलुसनले ‘क्रेडिट एक्स प्रो’ भन्ने लोन अटोमेसन प्रणालीको विकास गरेको छ। डीजी हबसँग सहकार्य गरेर एसबी सोलुसन निरन्तर रुपमा क्रेडिट अटोमेसन, माइक्रो लेन्डिङ, लोन प्लेटफर्म, ओपन बैंकिङको क्षेत्रहरुमा काम गरिरहने दाबी गरेको छ। एसबी सोलुसनको क्रेडिट एक्स प्रयोग गरिरहेका बैंक तथा वित्तिय संस्थाहरुले पनि थप एपीआई इन्टिग्रेसन र नेटवर्क कनेक्सनको सुविधा पाउनेछन्।
क्रेडिट एक्स सँगसँगै एसबी सोलुसनले बैंक तथा वित्तिय संस्थाहरुलाई क्रेडिट रेटिङ र वित्तिय मूल्याकंन, अनलाइन कर योग्यता, अनलाइन अकाउन्ट खोल्न, डकुमेन्ट व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीको क्रेडिट र ग्यारेन्टी स्वचलित व्यवस्थापन प्रणाली, मेमो व्यवस्थापन प्रणाली, कागजात अभिलेख प्रणाली, बजेट प्रबन्धन प्रणाली जस्ता सेवाहरु प्रदान गरिरहेको छ।
डीजी हब प्रालिले बैंक तथा वित्तिय संस्थाहरुलाई एण्ड टू एण्ड फिनटेक सोलुसन पनि प्रदान गर्ने गर्छ। डीजी हबले डीजीटल नेपालको भिजनलाई साकार पार्नका लागी काम गरिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago