काठमाण्डौ । एसबी सोल्युसन्सले सिंगापुरस्थित फिनबोट्स डट एआईसँग सहकार्य गरेको छ।
दुई कम्पनीबीच एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको हो। यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरु वित्तीय संस्थाहरुले एआईको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्नेछन्।
फिनबोट्सको एआई क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै नै सहयोग गर्ने गर्दछ। क्रेडिट एक्स धेरैले रुचाएका छन्। किनकि यसले एकदमै सही डेटा, छिटो समयमा दिने गर्दछ र उक्त प्रडक्ट तुलनात्मक रुपमा सस्तो पनि रहेको छ।
फिनबोट्स डट एआईका संस्थापक तथा सीईओ सञ्जय उप्पालका अनुसार एसबी सोलुसनसँग सहकार्य गरेर क्रेडिटएक्सलाई नेपाल ल्याउन पाउँदा कम्पनी एकदमै खुशी रहेको छ। उनले कम्पनीको लक्ष्य एआइमा आधारित क्रेडिट स्कोरिङ फिचर नेपाली वित्तीय संस्थाहरुलाई दिएर सशक्तीकरण गर्ने रहेकोसमेत बताए। यस सहकार्यले क्रेडिट अन्डरराइटिङको प्रक्रियालाई पनि सहज पुर्याउने दुवै कम्पनीको विश्वास छ।
यस प्रडक्टको प्रयोगमार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीले दाबी गरेको छ। क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्छ।
एसबी सोल्युसन्सका संस्थापक तथा सीईओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसबी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्यप्रति एकदमै हर्षित रहेको जनाए।
एसबी सोल्युसन्स र फिनबोट्स डट एआई दुवै एआई–सञ्१चालित क्रेडिट स्कोरकार्डहरुको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्था, नियामक र उद्योग सरोकारवालाहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। जसले देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन मद्दत गर्ने कम्पनीको बुझाइ छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19