काठमाण्डौ । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ।  

प्रतियोगितामा साउन ६ गतेदेखि भदौ ६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ।  

पहिलो विजेताले १.५ लाख नगद रुपैयाँ पाउनेछन्। दोस्रो (दुईजना) प्रतिव्यक्ति १ लाख नगद रुपैयाँ पाउनेछन्। त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्ति ७५ हजार रुपैयाँ प्रदान गरिनेछ भने चौथो (चारजना) प्रतिव्यक्ति ४० हजार रुपैयाँ र पाचौँ (पाँचजना) प्रतिब्यक्ति ३० हजार रुपैयाँका दरले पुरस्कारस्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरी ३० प्रतिशत लाइकका आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकका आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टका आधारमा बिजयी घोषणा गरिने जनाएको छ।

भदौ १० गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ। टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागका रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर बिजेता स्वयंले व्यहोर्नुपर्नेछ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवनलगायत निर्माण भइरहेको छ। नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ।