काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माई पे वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यस सम्झौतापश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्छन् भने माई पेमार्फत विभिन्न व्यापार-व्यवसायमा आबद्ध व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्नेछन्। ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्क्तानी तथा फर्छ्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।

बिगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ।