काठमाण्डौ । एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरुको सहभागिता थियो।

एसियन पेन्ट्सले वार्षिक रुपमा कलर नेक्स्ट प्रतियोगिताको आयोजना गर्दै आएको छ। जसले विश्वव्यापी सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ।

यस कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरु पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरुका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ।

जेठ २० गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२२ कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत भाषणबाट आरम्भ गरेका थिए। कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख शिरीष राव र एसियन पेन्ट्स नेपालका प्रमुख (कन्ट्री हेड) जी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरिएको थियो। जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरुसँग एसियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा  एलिफेन्ट डिजाइनका सहसंस्थापक र निर्देशक अश्विनी देशपाण्डेले यस वर्षका लागि ४ प्रवृत्ति (ट्रेन्ड)हरु घोषणा गरे। जसनमा ‘वी÷अस’, ‘होप योर विल’, ‘सोलो कमर्स’ र ‘आर्टिफाई’ छन्। 

‘चहकिलो गुलाबी’ लाई कलर अफ द इयरका रुपमा प्रस्तुत गरिएको थियोे।

त्यसपछि एसियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता सुरु गरेको थियो। जहाँ उनीहरुले घोषणा गरिएका ४ ट्रेन्डमध्ये एउटाको व्याख्या र प्रयोग गरेर आफ्ना इन्टेरियर प्रतिभा प्रदर्शन गर्न सक्छन्। मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट ५ विजेताहरुलाई  एसियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ।

कलर नेक्स्टको सन्दर्भमा कन्सेप्सन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले भने, ‘कलर नेक्स्ट २०२२  एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म हो र कलर नेक्स्ट २०२२ मार्फत गरिएको रङको पूर्वानुमान (कलर फरकास्टिङ) समाजमा गहन अनुसन्धानको नतिजा हो। हाम्रो डिजाइनमा यी प्रवृति लागू गर्न एक सजिलो एप्लिकेसन छ– हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट (टेक्स्चर), रङ लिन सक्छौँ र निश्चित इन्टेरियर स्थानको लागि उपयुक्त हुने गरि निश्चित ढंगले तिनको प्रयोग गर्नसक्छौँ। डिजाइनरका रुपमा यी ट्रेन्डहरुले हामीलाई हाम्रो सिर्जनात्मक झुकावलाई यथासक्दो उजागर गर्न मद्दत गरेको मलाई लाग्दछ।’