काठमाण्डौ । यही असार २७ गतेदेखि साउन १ गतेसम्म थाइल्यान्डको पटैयामा सञ्चालन हुन लागेको २५औँ एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ। 

यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिबल, फुटबल, म्याराथुन) प्रायोजका रुपमा सहभागी भइसकेको छ। 

एसियन यथलेटिक्स च्याम्पियनसिपको २५औँ संस्करणका लागि नेपालबाट विभिन्न विधाहरुमा आयूष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेशबहादुर पल, सोमबहादुर कुमाल र दीपक अधिकारी गरी ७ जना खेलाडीले सहभागिता जनाउने भएका छन्। उक्त यथलेटिक्समा सहभागी खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हासिल गरिसकेका छन्।

एसियन यथलेटिक्स एसोसिएसनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिक्स च्याम्पियनसिप अघिल्लो पटक चीनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो। उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउनेछन्। 

आयूष कुँवर र शिवराज पारकीले एसियन यथलेटिक्समा १०० मिटर र २०० मिटर दूरीको दौडमा सहभागी हुनेछन्। कुँवर २०१८ नेसनल गेम गोल्ड मेडलिस्ट हुन भने पारकी हालैको नेसनल च्याम्यानसिप हुन्।  

एपीएफ क्लबकी फुलमती राना ८०० देखि १५०० मिटर दूरीको दौड, राजपुरा पच्ची ५००० मिटर, सोमबमादुर कुमाल ४०० मिटरदेखि ८०० मिटर र दिपक अधिकार १० हजार मिटर दौडमा सहभागी हुनेछन्। अधिकारी एसियन क्रस कन्ट्रीका च्याम्पियनसिप हुन्। 

काठमाण्डौमा भएको एक कार्यक्रमबीच नेपाल एथलेटिक्स एसोसिएसनका तर्mबाट सचिव आरके विष्ट र शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका भीपी निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो। ‘शिवम् सिमेन्ट आफैँमा हाई स्ट्रेन्थ कायम राख्ने ओपीसी सिमेन्ट हो। हामीले हाम्रो स्ट्रेन्थलाई अन्तर्राष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसँग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ’, अग्रवालले भने।