काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एसियन पेन्ट्स नेपालले भक्तपुरको गट्ठाघरमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा आफ्नो मल्टी क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ।

‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ। जुन प्रविधिले ग्राहकहरुलाई उनीहरुको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनको बारेमा विस्तृत अनुभव प्रदान गर्नेछ। यो स्टोरको उद्घाटन एसियन पेन्ट्सका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंगलले गरेका हुन्। 

१६०० वर्गफिटमा फैलिएको यो नवीन ‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ नेपाली ग्राहकका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरु एकै ठाउँमा उपलब्ध भएको शोरुम हो। यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिङका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन छ। जसबाट ग्राहकले यी प्रोडक्टहरुको अनुभव लिन सक्नेछन्। 

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै अमित सिंगलले भने, ‘नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौँ।’