काठमाण्डौ । एसियन डेभेलपमेन्ट बैंक (एडीबी) ले २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ।
यो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ। जसमा एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ। लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो।
एडीबीले सो उपाधिहरु जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधिभर गरिएको विभिन्न सहकार्यका आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझौला तथा ठूला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सक्रिय साझेदार बैंकका रुपमा प्रस्तुत भएको छ। एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तीय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृढीकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ।
हालको कोभिड–१९ को स्थितिका कारण भर्चुअल माध्यमबाट गरिएको पुरस्कार समारोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो। कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए। जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19