काठमाण्डौ । एसियन पेन्ट्सले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरुको घोषणा गरेको छ।
प्रतियोगिताको विजेता आईओई पुल्चोक क्याम्पसकी रोजिता अवाले भएकी छन्। उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार हात पारेकी छन्।
प्रतियोगिताको फस्र्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भएका छन्। उनले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त गरेका छन्।
सेकेन्ड रनर अप काठमाण्डौ इन्जिनियरिङ कलेजका अनिल कुँवर भएका छन्। उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
दुई सान्त्वना पुरस्कार विजेताहरु आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाण्डौ इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले हात पारेका छन्। उनीहरुले जनही १० हजार रुपैयाँ नगद प्राप्त छन्।
विजेताहरुलाई निर्णयाकहरुको प्यानलद्वारा छनोट गरिएको थियो। जसमा आर्किटेक्ट क्षेत्रका प्रतिष्ठित व्यक्तित्व आर्किटेक्ट इला श्रेष्ठ, आर्किटेक्ट सञ्जय प्रधान, आर्किटेक्ट सरोस प्रधान, आर्किटेक्ट नरेसमान सिंह अमात्य र आर्किटेक्टर मैया मानन्धरका साथमा पर्यवेक्षकका रुपमा आर्किटेक्ट लोकेन्द्र आचार्य र सल्लाहकार आर्किटेक्ट विनोद न्यौपानेलगायतका थिए।
यही चैत २३ गते एक कार्यक्रमबीच विजेताहरु घोषणा गरी पुस्कृत गरिएको थियो।
यो प्रतियोगिताको सातौँ संस्करण हो। जसमा विभिन्न आर्किटेक्चरल कलेजहरु एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाण्डौ इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा गोरखाको पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिललिगकोट संग्राहालयको डिजाइन गर्ने रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19