काठमाण्डौ । एसियन पेन्ट्स नेपालले फेरि ‘कलर नेक्स्ट २०२२’ ल्याएको छ। यो जीवनमा खुसियाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सव हो। 

कलर नेक्स्ट एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसर हो। जसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरुको अध्ययन गर्दछ।

डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरु पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरुका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ। 

अनुसन्धानको परिणाम– वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ हो। जुन प्रेरणाको स्रोत रहँदै आएको छ। यसको अर्थ कुन रङ र सामग्री प्रयोग गर्नेमात्र नभई डिजाइनरहरुलाई हालै प्रचलनमा रहेका रङ प्यालेटहरु र नयाँ सामग्रीहरुवरिपरि खेल्न प्रेरित गर्नु हो।  

रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले २०७९ जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ। उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरुको उपस्थिति रहने छ भने सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)को सहभागिता रहनेछ।