काठमाण्डौ । एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ। यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन्।
सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दति खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्।
एनसीसी प्रफुल्ल मुद्दति खाता योजनाको विभिन्न विशेषतरु निम्नानुसार तालिकामा देखाइएको छ–
यसका साथै पहिलो वर्षका लागि रु. ५ लाखसम्मको दुर्घटना बीमा र रु. २ लाखसम्मको घातक रोग बीमा सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि बैंकले सरल, सहज र भरपर्दो बैंकिङ सेवा तथा ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago