काठमाण्डौ । ए वन ग्रुपले काठमाण्डौको कोटेश्वरमा १ हजार क्षमताको पार्टी भेन्यूसहितको होटेल सञ्चालनमा ल्याएको छ।
उपत्यकामा ए वनसहित विभिन्न ब्रान्डमा ४० भन्दा बढी संख्यामा रेस्टुरेन्ट, होटेल तथा पार्टी भेन्यू सञ्चालन गर्दै आएको यो ग्रुपले असार पहिलो साताबाट होटेल सञ्चालन गरेको हो।
हिमालय कलेज रहेको भवन तथा जग्गालाई व्यवस्थित गर्दै करिब ११ करोडको लगानीमा रोयल संरचनामा अध्याधुनिक ब्यांक्वेट हल तथा होटेल सञ्चालन गरिएको ग्रुपका सञ्चालक तथा व्यवस्थापक सुवास श्रेष्ठले जानकारी दिए। काठमाण्डौको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले लामो समयको अध्ययनपछि होटेल सञ्चालनमा ल्याएको हो।
ठूला होटेलले प्रदान गर्ने सेवासुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक श्रेष्ठले काठमाण्डौमा नमुना होटेलका रुपमा स्थानीय आवश्यकतालाई महशुस गर्दै फरक अवधारणमा लगानी गरिएको बताए।
उक्त होटेलमा पार्टी प्यालेस, कफीसप तथा बेकरी, रेस्टुरेन्ट तथा बार, जिम तथा ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ। होटेलमा तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै श्रेष्ठले एकैपटकमा एक हजारजनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए।
नेपाली, नेवारी, इन्डियनलगायतका एसियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटेल सञ्चालन गरिएको श्रेष्ठले बताए। रु. २ हजार ५०० देखि रु. ५ हजारसम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए।
होटेलमा हाल प्रत्यक्ष रुपमा २४ जना कर्मचारीले रोजगार पाएका छन्।
ए वान गु्रपले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा ५०० जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago