काठमाण्डौ । ओएसिस एजुकेसनले यस वर्षका लागि मिस नेपाल वर्ल्डको ताज जित्न सफल प्रियंका रानी जोशीलाई आफ्नो नयाँ विश्वव्यापी ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ।
पत्रकारिताकी विद्यार्थी तथा बहुआयामिक मिस नेपाल प्रियंका, आफूले सानो उमेरमै प्राप्त गरेका थुप्रै उपलब्धिको प्रमुख कारण स्तरीय शिक्षा मान्छिन्। तसर्थ, उनी सन् २०१२ देखि नै विद्यार्थीलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिड गर्न सहयोग गर्दै आएको यस कम्पनीसँग आबद्ध हुँदा उत्साहित भएको बताउँछिन्।
ओएसिसका सञ्चालक कुशल केसी मिस नेपालका माध्यमबाट ओएसिसका साझेदार शिक्षण संस्थाहरुले उपलब्ध गराउने गुणस्तरीय तर किफायती सेवासुविधाबाट लाभ उठाउन सक्ने धेरैभन्दा धेरै नेपाल विद्यार्थीबाट उक्त जानकारी पुर्याउन सहयोग हुने विश्वास गर्छन्। उनले भने, ‘हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौँ। उनको कौशलता र उदारताका गुण हाम्रो कार्यशैलीसँग मिल्ने हुनाले हाम्रो यस साझेदारी निकै नै फलदायी हुनेछ।’
ओएसिस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ। यसअघि यस संस्थाको ब्रान्ड एम्बेसेडरका रुपमा मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडा रहेकी थिइन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19