शन्चन (चीन)। अग्रणी वैश्विक स्मार्ट उपकरण ब्रान्ड ओपोले आफ्नो मिसन ‘टेक्नोजी फर म्यानकाइन्ड। काइन्डनेस फर दि वल्र्ड’ अन्तर्गत नयाँ कदम चाल्दै दिगो भविष्यको आशाका साथ अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान—इन्डस्ट्री इको रेटिङ लेबलिङ स्किमको पहिलोमध्येको पार्टनरको सूचीमा सम्मिलित भएको छ। 

सन् २०२१ जुनदेखि यो स्किम युरोपभर लागू गरिनेछ। यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरुबीच तुलना र पहिचान गर्न सघाउने छ।

युरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्त रुपमा इको रेटिङ इनिसिएटिभ सञ्चालनमा ल्याएका हुन्। यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु हो।

यस पहलको समर्थनका लागि ओपोले पहिलोमध्येकै एक सहभागी बन्दै समानान्तर मूल्यांकनको तरिका अवलम्बनका लागि सल्लाह सुझावका साथै डाटा पनि उपलब्ध गराएको छ। प्रक्रियाअन्तर्गत विस्तृत मूल्यांकनमार्फत हरेक स्मार्टफोन ह्यान्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणीय परफरमेन्सका आधारमा पूर्णांक १०० मध्येबाट इको रेटिङ स्कोर प्रदान गरिन्छ। उपकरणलाई दिइने इको रेटिǖ लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट इफिसियन्सी र रिसोर्स इफिसियन्सी गरी ५ पक्षको प्रतिनिधित्व गर्छ। 

औद्योगिक पार्टनर्ससँगको सहकार्यका साथै ओपो आफैँ पनि दिगो संसार निर्माणको जिम्मेवारी बोक्दै सबैको सुन्दर भविष्य लागि अग्रगामी भूमिका निर्वाह गरिरहेको छ। कम्पनीले डिजाइनिङदेखि प्याकेजिङलगायत हरसम्भव प्रक्रियामा सस्टेनेबल उत्पादन प्रक्रिया अपनाउँदै आएको छ। 

सन् २०१९ को तुलनामा ओपोले वजनका आधारमा सन् २०२० मा १३ गुणा बढी उत्पादन रिसाइकल गरेको छ। उदाहरणका लागि ओपोका प्याकेजिङ ४५ प्रतिशत रिन्युएबल फाइबर्सको प्रयोग गरिन्छ। त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२.७% र इन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २०% ले कटौती ल्याएको छ।