काठमाण्डौ । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट—जेनरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ। 

हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर—स्क्रिन क्यामेरा सोल्युसनले सावधानिपूर्वक फ्रण्ट फेसिंग क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मूनी प्रयोग वा स्ट्यान्डबाई दुवै अवस्थामा समग्र स्क्रिनको मज्जा लिन सकिने तरिकाले स्थापित गराएको छ। यसले प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराले खिच्ने दृष्यको गुणस्तरमा सटिक सन्तुलन र विना सम्झौता एकरुपता प्रदान गर्छ। 

यो नयाँ अन्डर—स्क्रिन क्यामेरा सोल्युसनले अन्डर स्क्रिन क्यामेराको, विकासक्रमको सुरुवाती अवस्थादेखि समस्याका रुपमा आइरहेका रुकावतहरुको समाधानार्थ विभिन्न प्राविधिक र उत्पादन सम्बन्धि चुनौतिहरुको विकल्प तथा समाधानहरु उपलब्ध गराएको छ। अन्डर—स्क्रिन क्यामेरा माथीको स्क्रिन क्षेत्रमा देखिने अस्थिर डिस्प्ले गुणस्तर, क्यामेरालाई स्क्रिनले छोपेका कारण देखापर्ने न्यून गुणस्तरिय तस्विर तथा उत्पादनप्रतिको विश्वस्नियता र टिकाउपन लगायत समस्याका समाधानपनि यसले उपलब्ध गराएको छ। नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फूल स्क्रिन अनुभवलाई नयाँ उचाई प्रदान गर्ने क्षमता बोकेको छ। 

डिस्प्लेमा, ओपोको नेक्स्ट—जेनरेसन अन्डर—स्क्रिन क्यामेरा सोल्यूसनले स्ट्रक्चर डिजाइन र एआई अल्गोरिदममा उपलब्ध गराएका केही नयाँ नवप्रबर्तनहरुका बारेमा संक्षिप्त जानकारी– 

अभिनव पिक्सेल ज्यामिति

नयाँ सोल्यूसनले हरेक पिक्सलको साईज, पिक्सेलको संख्यामा कुनै कमी नल्याइकन घटाउन सघाउँछ। यसले गर्दा क्यामेरा अवस्थित क्षेत्रमा समेत ४००—पीपीआई उच्च गुणस्तरिय डिस्प्लेको सुनिश्चितता मिल्छ।

पारदर्शी वायरिंग र नयाँ डिजाइन

ओपोले पारम्परिक स्क्रिन वायरिंगलाई नयाँ पारदर्शी वायरिंग धातुको प्रयोग मार्फत विस्थापित गरेको छ। उच्च परिशुद्धता सहितको उत्पादन प्रक्रिया मार्फत वायरिंगका कारण हुने चौडाईलाई ५०% घटाएर सटिक डिस्प्ले गुणस्तरका साथै आरामदायी दृश्यानुभूति प्राप्त हुन्छ।

स्क्रिनको सटिकता, रंग र प्रकाशमाथि सुदृढ नियन्त्रण

विद्यमान औद्योगिक मानक अनुसार क्यामेरा माथीको स्क्रिन क्षेत्रमा २ पिक्सेल ड्राइभका लागि १ पिक्सेल सर्किट (१—टू—२)का स्थानमा ओपोले एक पिक्सेल सर्किटले एक पिक्सेल नै ड्राइभ गर्ने आफ्नो स्वामित्व अन्तर्गतको नयाँ समाधान प्रस्तुत गरेको छ। ओपोको सटिक अल्गोरिदम कम्पेन्सेसन प्रविधिसंगको संयुक्त प्रयोगले समग्र स्क्रिनको क्रोम्याटिसिटी र प्रकाश माथिको नियन्त्रणको सटिकतालाई मात्र २%को डेभिएसनमा सिमित गर्छ। ई—बुक्स पढ्ने, समाचार ब्राउज गर्ने, म्याप्सको नेभिगेसन लगायत कार्यमा ओपोको नेक्स्ट—जेनरेसन अन्डर—स्क्रिन क्यामेरा प्रविधिले साना फन्ट्सको सटिक प्रदर्शनी, तथा टेक्स्चर र रंगको गुणस्तरमा समेत सटिकता प्रदर्शित गर्छ। यसले गर्दा प्रयोगकर्ताले निरन्तर आनन्ददायी दृश्यानुभूतिको मज्जा पाउँछन्।

अझ भरपर्दो र टिकाउ

१—टू—१ पिक्सेल सर्किट र डेडिकेटेड अप्टिमाइजेसन अल्गोरिदमका साथमा ओपोको नेक्स्ट—जेनरेसन अन्डर—स्क्रिन क्यामेरा सोल्यूसनले स्क्रिनको अन्डर—स्क्रिन क्यामेराको क्षेत्रका लागि डिस्प्ले कम्पेन्सेसन उपलब्ध गराउनुका साथै, स्क्रिनको आयू ५०% सम्म लम्ब्याउने क्षमता राख्छ।

क्यामेराको कुरा गर्नु पर्दा ओपोको यूएस रिसर्च ईन्ष्टिच्यूटले ईमेजिंग एआई अल्गोरिदमको एक नयाँ श्रेणीकै विकास गरिसकेको छ। तिनमा विवर्तन घटाउने, अन्डर स्क्रिन क्यामेरामा साधारणतया देखिने धमिलो आकृति तथा अति चहकिलो हुने लगायत एचडीआर र एडब्ल्यूबी जस्ता समस्याको समाधान सम्मिलित रहेका छन्।  उपभोक्ताले स्पष्ट, प्राकृतिक देखिने तस्विर तथा दृष्य कैद गर्न सकुन् भन्ने सोचका साथ ओपोले आफ्नो एआई डिफ्राक्सन रिडक्सन मोडललाई दसौँ हजार तस्विरहरका सहायताले तालिम प्रदान गरिसकेको छ।

फराकिलो स्क्रिन—टू—बडी रेसियो तथा आकर्षक डिजाइन प्रतिको उपाभोक्ता मागमा बृद्धि संगै ओपोले ती क्षेत्रमा विकास तथा अन्वेषणका लागि ठूलो लगानी गरेको छ। सन् २०१८को सुरुवाती अवस्थादेखि ओपोले हालसम्म आई पुग्दा अन्डर—स्क्रिन क्यामेरा सोल्यूसन अन्तरगत तीन पुस्ता सार्वजनिक गरिसकेको छ भने, प्रक्रियागतरुपमा २ सय प्याटेन्ट दर्ता गराइ सकेको छ। सन् २०२०मा यस प्रविधिको थप विकासका लागि योगदान दिने सोचका साथ कम्पनीले अन्डर—स्क्रिन क्यामेरा प्रविधिका लागि आफ्नो पहिलो प्रस्तावित मापदण्ड, ईन्टरनेसनल ईलेक्ट्रोनिकल कमिसन (आईईसी) माझ सबमिट गरेको थियो। उक्त प्रश्तावनामा डिस्प्ले ट्रान्समिट्यान्स, रिफ्लेक्ट्यान्स, यूनिफरमिटी, गामा करेक्सन, कलर सिफ्ट र ब्राइटनेस डिके लगायत सात प्रमुख प्राविधिक मेट्रिक्स सम्मिलित थिए।

आफ्ना विश्वभरका उपभोक्तालाई टू« फूल—स्क्रिन अन्डर—स्क्रिन क्यामेराको अभुतपूर्व अनुभव प्रदान गर्ने लक्ष्यका साथ ओपोले अन्डर—स्क्रिन क्यामेरा प्रविधिमा थप अनुकूलनका लागि हार्डवेयर डिजाइन र अल्गोरिदमिक प्रोशेसिंग क्यापेबिलिटिज् अन्तरगत आर एण्ड डीलाई निरन्तरता दिने जानकरी दिएको छ।