काठमाण्डौ। विश्वस्तरीय प्राविधिक ब्रान्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस११) को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ। 

यो पार्टनरसिप ओपोले सन् २०१९ देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो। पार्टनरसिपले ओपोलाई विश्वभरका ई–स्पोर्ट्स खेलाडीहरुमाझ आफ्नो ब्रान्डप्रतिको जागरुकता बढाउन सघाउनेछ। 

यस बर्ष ओपोले फाइनल्समा अद्वितीय प्रदर्शनीमार्फत ब्याटग्राउन्डमा कब्जा जमाउन सफल खेलिडीहरुलाई मोस्ट भ्यालुएबल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ। साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिङ हाइलाइट्स तथा व्यावसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्ता पनि प्रस्तुत गर्ने जानकारी दिइएको छ। यसले दर्शक–श्रोतालाई फाइनल गेमतिरको प्रगति र व्यावसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ।

‘यस वर्ष पनि रायोट गेम्ससँगको पार्टनरसिपलाई निरन्तता दिन पाउँदा हामी हर्षित छौँ। लिग अफ लेजेन्ड्सले हामीलाई विश्वभरका गेमर्समाझ ओपोलाई परिचित गराउन एक सटीक प्ल्याटफर्म उपलब्ध गराएको छ। अझ महत्वपूर्ण कुरा भनेको व्यावसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रबर्तनका लागि ओपोको अथक प्रयास र प्रतिबद्धता समान छ। हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयाशरत छौँ’, ओपोको ग्लोबल मार्केटिङका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्युले भने।

‘पछिल्लो वर्षको सफल पार्टनरसिपका आधारमा ओपोलाई  लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ। खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओपो विश्वभरका ई–स्पोर्ट्स खेलाडीहरुमाझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्रान्डमध्ये एकका रुपमा परिचित भइसकेको छ। हामी फाइनल्समा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ’, रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले भने।

यस वर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ। यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनिधित्व गर्छ। 

निर्माणका लागि निर्माणका लागि यो खोज संगै ओपो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्नमात्र नभई बिलियन रङसहितको स्क्रिन डिस्प्लेपनि उपलब्ध गराउँछ। यसका साथै फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा इन–हाउस कलर भिजन इनह्यान्समेन्ट पनि उपलब्ध गरिएको छ। यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ। फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ। ओपोले स्मार्टफोनमा रङको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ।

उपभोक्ता केन्द्रित ब्रान्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको छ। यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिङ मो मार्फत रुकावटरहित गेमिङ अनुभव प्रदान गर्छ। गेमिङ मोडको प्रयोग गरेपश्चात गेमिङ गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन। यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिङ अनुभवको मज्जा लिन सक्छन्। 

विश्वव्यापी ई–स्पोर्ट्स समुदायसँग घनिष्ट रुपमा संलग्न हुने ओपोको आशा छ। यसका साथै फाइनमा प्रदर्शित व्यावसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपनातिर अग्रसर हुन प्रेरित गर्ने ओपोको विश्वास छ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस११) मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ। अक्टोबर ५ मा सुरु हुने यो स्पर्धा नोभेम्बर ६ मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आइसल्यान्डमा आयोजना हुने फाइनसँगै समापन हुनेछ।