काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपाली महान चाड तिहार २०७८ का अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ।
यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन्।
‘ओपो एक ग्लोबल कम्पनी हो। ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ। हाम्रालागि नेपाल विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। स्थानीय महान चाडहरु उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले समय–समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेका छौँ। ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो’, ओपो नेपालका ब्रान्ड डायरेक्टर, पियरसन शेनले भने।
क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्ताले opponepalcampaigns.com मा सीधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनुपर्ने हुन्छ। यसरी सहभागीहरुमध्येबाट लक्की ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्यान्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन्।विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ।
ओपो तिहार अफर, उपहार योजना नोभेम्बर १ देखि नोभेम्बर ७ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago