काठमाण्डौ। ओपोले डुअल साइड्स र र्यापएराउन्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ।
वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ) मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको बर्णण गरेको छ। प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन्। तथापि, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन। यद्यपि अवधारणाका निर्माता र लेट्सगोडिजिटलसँगको सहकार्यमार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ। यसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ।
रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ। यसमा कम्पनीले कभ्र्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन। तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ। प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा-थिन स्टिल प्लेटको प्रयोग भएको छ। यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ।
यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन्। यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ। यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन्। यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन। डिस्प्लेको र्यापएराउन्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन्।
ओपोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ। तथापी, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ। योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ। तथापि ओपोको सोच भने निकै नयाँ र पृथक रहेकोमा दुईमत छैन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19