शेन्जेन। वैश्विक प्राविधक ब्रान्ड ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग ओपोको फ्ल्यागसिप फाइन्ड सिरिजका लागि औद्योगिकरुपमै अग्रणी क्यामेरा प्राविधिको सहनिर्माणका लागि ३ वर्षका लागि पार्टनरसिपको घोषणा गरेको छ। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेरामार्फत उत्कृष्ट मोबाइल फोटोग्राफी पस्कने उद्देश्यका साथ दुवै ब्रान्ड यस सहकार्यमार्फत रङ विज्ञानअन्तर्गत नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्नेछन्।

ओपो र वानप्लसबीचको संगठनदेखि दुई ब्रान्डबीचका रिसर्च एन्ड डेभलपमेन्ट श्रोतहरुलाई एकीकृत रुपमा परिचालन गर्दै कार्यदक्षता बढोत्तरी तथा प्रयोगकर्ता अनुभवमा बढोत्तरीका लागि प्रयत्नहरु भइरहेका छन्। वानप्लस र ह्यासलबाल्डबीचको पार्टनरसिपमार्फत इमेजिङमा हात पारेका उपलब्धि नियाल्दै पार्टनरसिपलाई ओपो र वानप्लस दुबै ब्रान्डका लागि कर्पोरेट स्तरमा लैजान पाउँदा ओपो उत्सुक छ।

‘वानप्लस र ह्यासलबाल्डबीचको विगत वर्षका सफल सहकार्य पछ्याउँदै पार्टनरसिप विकासको नयाँ श्रेणीमा प्रवेश गर्दै विश्वभरका अझ बढी प्रयोगकर्तालाई प्रख्यात ह्यासलबाल्ड मोबाइल इमेजिङ अनुभव गर्ने अवसर प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ’, चिफ प्रडक्ट अफिसर पिट लाउले भने, ‘क्यामेरा कलर परफरमेन्स सधैनै ओपोका लागि प्राथमिकताको विषय रहँदै आएको छ। त्यसैगरी यो ह्यासलबाल्डको डिएनएको अभिन्न अंगसमेत हो। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेराको भविष्य संयुक्त रुपमा अन्वेषण गर्न पाउँदा हामी निकै उत्साहित छौँ।’

नयाँ पुस्ताका प्रिमियम स्मार्टफोन अनुभवका लागि वल्र्ड–क्लास मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्न उत्कृष्ट श्रेणीको इमेजिंग प्रणाली निर्माण गर्नु ओपोका लागि प्रमुख रणनीति हो। ओपोको पहिलो स्वविकासित इमेजिङ एनपीयू मारिसिलिकन एक्सको सार्वजनिक पछ्याउँदै ह्यासलबाल्डसँगको सहकार्य मार्फत वल्र्ड–क्लास फोटोग्राफी अनुभव पस्कन ओपो अझ प्रतिबद्ध रहेको छ।

प्रयोगकर्तालाई अझ प्राकृतिक रङ र थप सुदृढ इमेजिङ अनुभव प्रदान गर्न ओपो र ह्यासलबाल्डले अब आर एन्ड डी सहयोगमार्फत अत्याधुनिक इमेजिङ समाधान पस्कन सहकार्य गर्नेछ। ह्यासलबाल्डसँगको सहकार्यमार्फत प्राकृतिक रङ क्यालिब्रेसनको लाभ उठाउँदै ओपोले पोट्रेट फोटोग्राफीका लागि सम्भव भएसम्म सर्वाधिक प्राकृतिक स्किन टोन उपलब्ध गराउने योजना रहेको छ।

यो तीनवर्षीय पार्टनरसिपले प्राकृतिक कलर ट्युनिङका लागि सफ्टवेयरमा सुधारदेखि लिएर कलर क्यालिब्रेसनमा बढोत्तरीका साथै स्मार्टफोन क्यामेरा परफरमेन्सका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने लक्ष्यसमेत बोकेको छ। यसमार्फत ओपो मोबाइल फोन्समार्फत समग्र सिनेरियो र क्यामेरा प्रणाल मार्फत समान प्राकृतिक कलर परफरमेन्स उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ।

‘ओपो। ह्यासलबाल्ड क्यामेरा फर मोबाइल’ यस सहकार्यको नतिजा पहिलोपटक ओपोको नयाँ पुस्ताको फ्ल्यागसिप फाइन्ड एक्स सिरिजमार्फत सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक हुने जानकारी दिइएको छ।