फ्रान्सिस्को । ग्लोबल प्राविधिक ब्रान्ड ओपोले गेम डेभलपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेसन– कलरओएस रे ट्रेसिङ थ्रीडी वालपेपर्स प्रदर्शित गरेको छ। 

कार्यक्रममा उपस्थितले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन OPPO Find X5 Pro (Dimensity Version) मार्फत मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरुको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए। थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्षभित्रै एपीकेमार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ। 

‘प्राविधिक क्षेत्रकै एक अगुवाका रुपमा ओपोले सधैँ नै प्रयोगकर्ताको मोबाइल अनुभवलाई अझ समृद्ध बनाउन सक्रिय रुपमा नयाँ अवसरहरुको खोजीलाई निरन्तता दिइरहेको छ’, ओपो यूएस रिसर्च सेन्टरका ग्राफिक्स प्रडक्ट म्यानेजमेन्टका प्रमुख जेन टियानले भने, ‘स्मार्टफोन उपकरणहरु माझ रे ट्रेसिङ प्रविधिको फाइदा उठाउँदै अझ इमर्सिभ र प्रतिस्पर्धात्मक गेमिङका लागि थप यथार्थपरक गेमप्ले ग्राफिक्स उपलबध हुनेछ। स्मार्ट उपकपरणहरुमा भविष्यका अरु प्रयोगहरु अन्वेषण गर्न हाम्रा थ्रीडी वालपेपरले सुरुआती विन्दुका रुपमा पनि काम गर्नेछ।’

प्रकाशको भौतिक व्यवहारलाई अनुकरण गर्ने रे ट्रेसिङ, एक ग्राफिक्स रेन्डरिङ प्रविधि हो। यसको उपयोग पछिल्लो समयमा कम्प्युटरहरुका लागि अपनाई सकिएको छ। रे ट्रेसिङ प्रविधि अपनाई, थ्रीडी वालपेपरहरुले प्रयोगयोग्य फ्रेम दरहरुमा वास्तविक समयमा प्रकाश रेन्डर गर्न सक्छन्। यसले गर्दा वस्तुहरुको छायाँ, प्रतिबिम्ब र अपवर्तनहरु अझ जीवन्त र वास्तविक देखिन्छ। यसले गर्दा घुमाउने, ट्याप गर्ने र लहराउने जस्ता हातका ईशाराहरुको प्रयोग गरी आफ्ना वालपेपरसँग अन्तरक्रिया गर्न सक्ने सुविधा प्रदान गर्दछ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो। कम्पनीले सुरुमा विद्यमान मोबाइल उपकरणहरुमा रे ट्रेसिङलाई समावेश गराउन हाइब्रिड रेन्डरिङ विधि अपनाएको थियो। कलरओएस रे ट्रेसिङ थ्रीडी वालपेपरका लागि, ओपोले मिडियाटेक डाइमेन्सिटी ९००० चिपसेटको सम्भाव्यतालाई पूर्ण प्रयोग गर्दै, फाइन्ड एक्स५ प्रो (डाइमेन्सिटी संस्करण) मा हाइब्रिड आर्किटेक्चर र समर्पित हार्डवेयर कोरहरु अपनाएर रे ट्रेसिङ कार्य सम्पादनलाई गति दिन नयाँ दृष्टिकोण अपनाएको हो। जीडीसी २०२२मा प्रदर्शित थ्रीडी वालपेपर मोबाइल उपकरणहरुमा नयाँ प्रविधिहरु र रचनात्मक अनुभवहरु पस्कन कम्पनीले गरेका अथक प्रयासहरुको प्रमाण हो।

यही बर्ष भित्रै ओपोले फाइन्ड एक्स५प्रो (डाइमेन्सिटी भर्सन)का प्रयोगकर्ताका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा र विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिइएको छ।