काठमाण्डौ। हरेक वर्ष अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन्।
टेक्नोलोजी र कलात्मकतामार्फत जीवनलाई उचाइमा पुर्याउन प्रयास गर्ने ग्लोबल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकका रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ। ग्रीन अपरेसन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्दाहरुका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवर्द्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ।
प्लास्टिकको फोहोर आज वातावरण प्रदूषणको एक ठूलो चिन्ता हो। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिब ११ मिलियन टन प्लास्टिकको फोहोर पृथ्वीको समुद्रमा फ्याँकिन्छ। प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदुषित गर्छ अन्ततः हामीले खाने खानाका माध्यमबाट मानव शरीरमा पुग्दछ। यी माइक्रोप्लास्टिकहरुले हाम्रो स्वास्थ्यका लागि कति घातक छ। जसका बारेमा हामीले अहिले धेरै कम जान्दछौँ।
आफ्नो प्याकेजिङमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन ओपोले ‘थ्री–आर वान–डी’ लाई अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त प्याकेजिङ सिद्धान्तहरु अपनाएको छ। जुन न्यूनीकरण, पुनारावृत्ति, पुनः प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ। यस दृष्टिकोणमार्फत ओपोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङमा प्लास्टिकको प्रयोगलाई ९५ प्रतिशतले सफलतापूर्वक घटाएको छ। यसका साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ।
यस वर्षको सुरुमा लन्च गरिएको ओपो ५जी सीपीई टी२ आंशिक रुपमा उपभोक्ता उत्पादनबाट उत्पन्न पीसीआर (पोस्ट कन्ज्युमर रिसाइकल प्लास्टिकबाट) बनाइएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19