काठमाण्डौ । ओपोले ‘इन्स्पिरेसन च्यालेन्ज–२०२३’ ल्याएको छ। यो प्रतियोगितामा सहभागी हुन आज मे ८ बाट आवेदन पनि खुला गरिएको छ। 

ग्लोबल पाटर्नर क्वालकम टेक्नोलोजिज, जीएसएमए ५जी आईएन, अमेजन वेब सर्भिसेज र लिंक्डइनको सहकार्यमा ओपोले वर्ल्ड स्माइल डेका अवसरमा यो प्रतियोगिता लन्च गरेको हो। यो प्रतियोगितामा सहभागीहरुले आफ्नो नवीनतम आविष्कारबारे प्रस्ताव पेस गर्न सक्नेछन्। 

यो प्रतियोगिताको मुख्य ध्येय फन्डिङ, सपोर्ट र पाटर्नरसिपका माध्यमबाट नवीनतम आविष्कारलाई प्रवर्द्धन गर्नु नै रहेको छ। यो प्रतियोगितामार्फत नवीनतम आविष्कारमार्फत विश्वमा सकारात्मक प्रभाव र सचेतना अभिवृद्धि गर्नु रहेको छ। 

ओपोले राम्रा आविष्कारहरुलाई सधैँ गहिरिएर विश्वास गर्छ। लगानीकर्ताहरुलाई हाल देखिएका ठूला समस्याहरुसँग प्रविधिको शक्तिमार्फत लड्न र उत्कृष्ट विश्व निर्माण गर्न यो प्रतियोगिता सहयोगी सिद्ध हुने विश्वास आयोजकको छ। 

प्रतियोगितामा भाग लिन इच्छुकले आउँदो जुन ३० सम्म आफ्ना अविष्कारका विषयमा प्रस्ताव पेस गर्न सक्नेछन्। प्रस्तावहरु आउँदो अगस्टभित्रै बैंकक, बोस्टन र सेन्जेनमा हुने ३ वटा क्षेत्रीय डेमो इभेन्ट्समार्फत प्रदर्शन गरिनेछन्। 

प्रत्येक डेमो इभेन्टका फइनालिस्टहरुलाई च्यालेन्स एक्सिलेरेसन क्यापमा आमन्त्रण गरिनेछ। अगस्टको अन्त्यमा हुने ग्लोबल फाइनल डेमो इभेन्ट्सअघि उनीहरुलाई आफ्ना प्रस्तावलाई थप परिष्कृत गर्न ओपोका कार्यकारी र प्रविधिविज्ञहरुसँग साक्षात्कार गराइनेछ। 

ओपो इन्स्पिरेसन च्यालेन्जमा आउने प्रस्तावहरुलाई फिजिबिलिट, टेक्नोलोजिकल इनोभेसन, लङ–टर्म पोटेन्सियल र सोसल भ्याल्यूका आधारमा मूल्यांकन गरी छनौट गरिनेछ। तीमध्ये योग्य १५ प्रस्ताव क्षेत्रीय डेमो इभेन्टबाट छनौट गरी ग्लोबल फाइन इभेन्टमा पठाइनेछ। त्यसमा ५ वटा विजेता प्रस्तावलाई छनोट गरी ग्लोबल फाइनल इभेन्टमा प्रस्तुत गरिनेछ। 

फाइनल इभेन्टमा प्रस्तुत गरिने ५ वटै प्रस्तावलाई जनही ५० हजार अमेरिकी डलरबाट पुरस्कृत गरिने ओपोले जनाएको छ।