शेङ्चन। नजिकिँदो ओपो इन्नो डे २०२१ मार्फत ओपोले आफ्ना नयाँ रणनीति तथा विभिन्न रोचक प्रविधि अनावरण गर्ने तयारी गरेको छ। 

कम्पनीको हालसम्मकै बृहत प्रविधिक समारोहमार्फत ओपोको पहिलो एनपीयू (न्यूरल प्रोसेसिंग युनिट) र ओपोको नयाँ स्मार्ट ग्लासेजका साथै अन्य विभिन्न प्राविधिक नवप्रवर्तनहरु सार्वजनिक हुन तयार छन्। 

डिसेम्बर १४ र १५ का दिन ओपो इन्नो डे २०२१ को आयोजना अनलाइन र अफलाइन दुवै माध्यमबाट हुनेछ। अनलाइन समारोहका दौरान ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी च्यानले कम्पनीको परिस्कृत कर्पोरेट रणनीति तथा आर एन्ड डीका लागि नयाँ दिशाका बारेमा किनोट स्पिच प्रस्तुत गर्नेछन्। त्यसैगरी कम्पनीका अन्य वरिष्ठ कार्यकारीहरुमार्फत नयाँ एनपीयू र स्मार्ट ग्लासेजका बारेमा जानकारी दिइनेछ। 

ओपो इन्नो डे २०२१ मार्फत कम्पनीले रिट्रयाक्टेवल क्यामेरा र डिजिटल ह्यूमनलगायत आफ्ना विभिन्न अत्याधुनिक प्रविधिहरुबारे जानकारी प्रस्तुत गर्नेछ। यसका साथै इमेजिङ, एआई, एआर र फाइभजीलगायत आफ्ना उल्लेखनिय नवप्रबर्तनहरु पनि सार्वजनिक गरिनेछन्।

सन् २०१९ मा यसको सुरुआतसँगै ओपो इन्नो डेमार्फत नयाँ उत्पादनहरु तथा अन्य उल्लेखनीय नवप्रवर्तनहरु सार्वजनिक हुँदै आइरहेका छन्। ओपो इन्नो डे २०१९ मार्फत ओपोले एआर ग्लासेज, फाइभजी सीपीई र ओपो वाट्च स्मार्टवाट्च सिरिज लगायतका पहिलो पुस्ताको घोषणा गरेको थियो। 

पछिल्लो वर्ष ओपोले ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपो एआर ग्लास २०२१ र साइबरियल गरी तीन उत्पादनको प्रदर्शनी गरेको थियो। यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिँदै ओपोले प्राविधिक विकासलाई नयाँ उचाई प्रदान गर्ने आफ्ना थप नयाँ उपलब्धिहरु सार्वजनिक गर्नेछ। 

प्रयोगकर्ताहरुले आफ्ना अवतारको प्रयोग गर्दै ओपोका नयाँ नवप्रवर्तनहरुको अनुभव गर्न सकुन् भन्ने सोचका साथ ओपोले यसपटक भर्चुअल लन्चको व्यवस्था पनि गरेको छ।