काठमाण्डौ । ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ। यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ। यसले आफ्ना प्रयोगकर्तामा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुका साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको छ।

एफ१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो। जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ। एफ१९ प्रोसँग यसका डिजाइन र प्रविधिसँगै ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भीओओसी फ्लास चार्ज ४.० प्रविधि, कलरओएस ११.१ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरिको कार्य सम्पादनमा मद्दत पुर्याउँछ।

यसबाहेक एफ१९ प्रोले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ। जेनेरेसन अपग्रेडका साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोका साथ एआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ। जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ।

एफ१९ प्रो ४८ एमपी क्वाड क्यामेराको साथ फोटो र भिडियोहरुमा गहिराइ थप्नका लागि ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेराको साथ तालमेलमा काम गर्दछ। निःसन्देह प्रयोगकर्ताहरुका लागि सेल्फी उत्तिकै महत्वपूर्ण भएकोले फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ।

एफ सिरिज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ र एफ१९ प्रोमा पनि यो विशेषता रहेको छ। एफ१९ प्रोका प्रयोगकर्ताले ७.८एमएम अल्ट्रा स्लिम बडीमात्र नभई १७२जी वेज र थ्रीडी ब्याट्री कभरको अनुभव लिन सक्नेछन्। 

ओपो एफ१९ प्रो पछिल्लो रु. ३९ हजार ९९० मा रु. ४ हजार बचतका साथ अबमात्र रु. ३५ हजार ९९० मा बजारमा उपलब्ध छ।