काठमाण्डौ । ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८ देखि पाको न्यूरोडस्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फस्र्ट सेल कार्यक्रममार्फत बिक्री आरम्भ गरेको छ ।

फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्रकी नायिका तथा ओपो नेपालकी ब्रान्ड फ्रेन्ड स्वस्तिमा खड्काको पनि उपस्थिति थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै इच्छुकसँग सेल्फी तथा तस्बिरसमेत खिचेकी थिइन् ।

प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ ओपो रेनोटू एफमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीपोट्रेट लेन्स रहेका छन् ।

अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूसन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १÷२.२५ इन्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

कार्यक्रममा ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘भर्खरै सार्वजनिक ओपो रेनोटू एफका लागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तकलगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ ।’

नयाँफोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि आफूहरुलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेको पनि ट्राओले बताए। बजार माग र बिक्री नियाल्दा ओपो रेनोटू एफले ब्रान्डकै लागि नयाँ उचाइ स्थापित गर्नेमा उनले विश्वास व्यक्त गरे।

रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ इन्चको मल्टिटच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । स्क्रिनको सुरक्षार्थ फोनमा बलियो र सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।

कलर ओएस ६ को परिस्कृत भर्जन कलर ओएस ६.१ मा आधारित यो फोनमा हरेक संवद्र्धन उपभोक्ताका आवश्यकता दृष्टिगत गर्दै तिनका जीवन तथा कार्य सम्पादनमा सहजता ल्याउने सोचका साथ गरिएको छ ।

रु. ४६ हजार ९९० मूल्य निर्धारण गरिएको ओपो रेनोटू एफ कम्पनीले लेक ग्रिन र स्काई ह्वाइट गरी दुई आकर्षक रंगमा सार्वजनिक गरेको छ । स्मार्टफोन नेपालभर रहेका प्रमुख विक्री केन्द्रबाट उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।