काठमाण्डौ । ओपोले आफ्नो रेनो सिरिजअन्तर्गतको ‘रेनो २ एफ’ मोबाइल नेपाली बजारमा असोज २९ गते बुधबार सार्वजनिक गर्ने भएको छ ।

‘रेनो २ एफ’ मोबाइलमा क्वाड क्यामेरा सेटअप, ८ जीबी र्याम, हिँड्न फिङ्गर प्रिन्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अद्वितीय फोटोग्राफी, आकर्षक डिजाइन र लामो समयसम्म टिक्ने ब्याट्रीलगायत सुविधा पनि उपलब्ध गराउँछ । समग्रमा हेर्दा ‘रेनो २ एफ’ मोबाइलले प्रयोगकर्ताका फराकिलो वर्गलाई समेट्ने अनुमान सहजै गर्न सकिन्छ ।

‘रेनो २ एफ’ मोबाइलले रेनो सिरिजको रचनात्मकता (क्रिएटिभ) जिन आफूमा पनि समेटेको छ । साथै प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने सोचका साथ उपकरणका विभिन्न पक्षमा थप सुधार पनि प्रस्तुत गरिएको छ ।

सांसारिक सुन्दरतालाई फरक दृष्टिकोणबाट हेर्न सघाउने माध्यमका रुपमा रहेको ‘रेनो २ एफ’ मोबाइलले स्मार्टफोनमा मात्र सीमित नरही हत्केलामै अटाउने सहज प्रयोगकर्ता अनुभव, शक्तिशाली रचनात्मक उपकरणका रुपमा समेत काम गर्छ।

‘रेनो २ एफ’ बारे संक्षिप्त जानकारी

‘रेनो २ एफ’ मा यसपटक कम्पनीले क्वाड (चारओटा) क्यामेराको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन्।

अहिले फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूसन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ इन्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

‘रेनो २ एफ’ले अद्वितीय तस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमता पनि रहेको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८ एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.० का माध्यमबाट यसले जस्तोसुकै परिस्थितिमा उत्कृष्ट तस्बिर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण ‘रेनो २ एफ’ को भिडियो खिच्ने क्षमता पनि उत्तिकै सटिक रहेको छ ।

ब्याट्री

ओपोेले गेमर्सका लागि ब्याट्रीको महत्वका बारेमा पनि ‘रेनो २ एफ’ मा उत्तिकै ध्यान दिएको छ । यस कुरालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउ पुर्याउँछ ।

गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन् । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्यास चार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्ष रुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।

त्यसैगरी प्रयोगकर्तालाई उत्कृष्टताको अनुभव प्रदान गर्न स्मार्टफोनमा ८ जीबी र्याम र दरिलो सुरक्षार्थ यसमा हिँडन फिङ्गर प्रिन्ट अनलक प्रणालीको ब्यवस्था पनि गरिएको छ ।