काठमाण्डौ । ओप्पोको ए–सिरीज अन्र्तगतको पछिल्लो स्मार्टफोन ए१६के मार्च २०२२ मा  नेपालमा सार्वजनिक गरिएको थियो। ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लिक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ। 

ओप्पोको १६.६५ सेमि (६.५२”) एचडी वाटरड्रप स्क्रिन र १६०० ह् ७२० डिस्प्लेका साथ अपग्रेड गरिएको छ। जहाँ ४ गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ। यो फोन ४२३० एमएएच् लङ–लास्टिङ ब्याट्रीका साथ सुसज्जित छ। यसले प्रयोगकर्तालाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुबैका लागि उपयुक्त छ। 

यसमा ५ह डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराका साथ १३ एमपी रियर क्यामेरा रहेको छ। विभिन्न विषयवस्तुहरु र पोर्टे«ट, स्न्यापसट र धेरै परिदृश्य तथा अगाडि र पछाडि दुवै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मिस्ट, फिल्ड, जर्नी, डिलिसियस, कोल्ड, फिल्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाइलिस फिल्टरहरु सपोर्ट गर्दछ। यसबाहेक यसले एआई इन्जिनमार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले इमेजका रङहरु पुनः निर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ।

पछाडिको क्यामेराका लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरु छन्। यी सबै डिजाइनले प्रयोगकर्तालाई, सुन्दर र व्यावसायिक नाइट सटहरु लिन मद्दत गर्दछ।

ओप्पो ए१६केकोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरि प्रयोगकर्ताको आँखाको ख्याल राख्छ। स्क्रिन पुल डाउन गरी एप आइकनहरु छेउमा राख्न सक्दछ र उक्त आइकनहरु छोडी एप खोल्न सक्दछ।  

यसका साथै सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्री स्मुथनेसका लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिप र १टीबीसम्म स्टोरेज बढाउन सकिन्छ। 

प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब रु. २ हजार बचत गर्ने मौका छ। 

४जीबी प्लस ६४ जीबी स्मार्टफोन 

पहिलेको मूल्य – रु. १९ हजार ९९०

अहिलेको मूल्य – मात्र रु. १७ हजार ९९०