काठमाण्डौ । ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ।
रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउट बीच हराउँछन्। नयाँ फाइन्ड एक्स फाइभ सिरिजकोे हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपी वाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ।
डिज्नील्याण्ड पेरिसमा आतिशबाजीको प्राकृतिक, तिखो रङहरु फोटोमा कैद
सपना, चमक, उर्जा र उज्यालो यी शब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्स फाईभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले इन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो।
ओप्पो फाइन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वा ग्रेनी ईमेजहरुको सट्टा प्रकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन्।
एउटा फोटोमा कुनै पनि चीजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई फाईन्ड एक्स फाईभ प्रो प्रदान गर्यो र ईन्फ्लुअन्सरहरुलाई यस ३० औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ।
ओप्पो फाइन्ड एक्स फाईभ प्रोले वार्षिकउत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन्।
ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भने, ‘ओप्पो फाईन्ड एक्स फाईभ प्रो ले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिकउत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोको मार्फत लिईएको छ की अब यसले रात्रीकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago