काठमाण्डौ । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ।
यी दुई नयाँ स्मार्टफोनहरु लङ लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन्। यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन्।
ओप्पो ए–सिरिजहरु ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरु हुन्। यो सिरीजमा आधारभूत सुविधाहरु जारी राख्दै अघिल्लो सिरीजकोे तुलनामा केही सुधारहरु गरिएका छन्। यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरुबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ। डुअल स्पिकरहरु र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो। यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहश्र पनि राखिएको छ।
कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ का लागि सार्वजनिक गर्ने मिति तोकेको छैन। यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ। कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरुमार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ।
यसको मोडेलहरुका बारेमा थप जानकारीको लागि ओप्पो नेपालको अफिसियल सोसल मिडिया ह्यान्डल फलो गर्न सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19