काठमाण्डौ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशलाई चाहिने स्वास्थ्य सामाग्री आयात गर्ने क्रममा विवादमा मुछिएको ओम्नीसँगको आफ्नो सम्बन्धको विषयमा भाटभटेनी समूहले आफ्नो मुख खोलेको छ ।
समयमा सामान नल्याएको र ल्याइएका सामान पनि गुणस्तरहीन रहेका भन्दै ओम्नी समूहसँगको सरकारले गरेको १ अर्ब २० करोड बढीको खरीद सम्झौता खारेज गरिसकेको छ ।
सरकारले आवश्यक मेडिकल सामाग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी गरिरहेको समयमा भाटभटेनी समूहले ओम्नीसँग आफूहरुलाई जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो ।
भाटभटेनी समूहले हाल विवादमा परेको ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउने उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ–‘भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मानमर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’
विज्ञप्तिमा भाटभटेनी समूहले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि प्रष्ट्याएको छ । ‘हाम्रो संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीज्यूहरूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गर्नेछौं । त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पुर्याउने व्यवस्था गरिरहेको पनि जानकारी गराउन चाहन्छौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago