काठमाण्डौ । स्टार्ट अप उद्यमका रुपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि बढेको ओहो केकको ब्रान्ड एम्बेसेडरमा क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी आबद्ध भएका छन्।
आज सोमबार ओहो केक र क्रिकेटर राजवंशीबीच भएको सहमतिअनुसार दुवैले विभिन्न प्लेटफर्ममा एकअर्कालाई इन्डोर्स गर्नेछन्।
भरपर्दो बायाँ हाते बलर मानिने राजवंशी सन् २०१८ देखि नेपाली राष्ट्रिय टिममा आबद्ध छन्। सोमबार भएको एक कार्यक्रममा दुवै पक्षबीच सम्झौता भएको हो।
कार्यक्रममा ओहो केकका संस्थापक दिव्येश गिरीले क्रिकेटलाई ओहो केकसँग आबद्ध गर्दा आफूहरुमा उत्साह बढेको बताए।
कार्यक्रममा राजवंशीले केकको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि आइरहेको ओहो केकसँग काम गर्दा खुसी लागेको बताए।
ओहो केक उत्कृष्ट केक र पेस्ट्री बनाउनमा चर्चित छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago