काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।
एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा उपाध्यक्ष सन्दीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोजप्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत त्यस क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो।
अब त्यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन्।
करिब ६ लाख ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको छ।
यसका साथै बैंकको हालसम्म ८६ एटीएम सञ्चालनमा छन्। बैंकले हालसम्म करिब रु. ९० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19