काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आबद्ध भएको छ। 

उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका छन्। 

एनीएचएल–आईपीएस प्रणालीमार्पmत बैंकले ग्राहकको कुनै पनि खातामा भुक्तानी दिने (डाइरेक्ट क्रेडिट) र लिने (डाइरेक्ट डेबिट) जस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन्। साथै, बैंकका ग्राहकले अब कनेक्ट आईपीएसको वेब र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानी कारोबारहरु पनि गर्न सक्नेछन्।

कर्णाली विकास बैंक नेपालको मध्य र सुदूरपश्चिमाञ्चलको पहिलो विकास बैंक हो। एनसीएचएलसँगको सहकार्यपश्चात् ती क्षेत्रमा बैंकको डिजिटल बैंकिङ विस्तारमा पनि विशेष पहल हुने विश्वास बैंकले लिएको छ। 

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित एनसीएचएलको एनसीएचएल–ईसीसी, एनसीएचल–आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्टस् इन्टरफेज (एनपीआर्य) र कर्पोरेट पे प्रणालीहरू सञ्चालनमा रहेका छन्। साथै, आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरूबाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/पीएसओ, सरकारी तथा अर्धसरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आवद्ध गराई सेवा प्रदान गर्दै आएको छ।