काठमाण्डौ । कर्पोरेट क्लब नेपाल प्रालिले कर्पोरेटमा भएका राम्राभन्दा राम्रा गतिविधि र प्रक्रियालाई प्रोत्साहन गर्न दि अवार्डस् अफ कर्पोरेट एक्सिलेन्स (एसीई) र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेहरुलाई पनि प्रोत्साहन गर्न दि अवार्डस् अफ डिन्टिग्विज्ड सर्भिस (एडीएस) को दोस्रो संस्करण आयोजना गर्ने भएको छ। 

अवार्डस् अफ कर्पोरेट एक्सिलेन्सले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मानित गर्नेछ भने यससँगै दि अवार्डस् अफ डिन्टिग्विज्ड सर्भिसले समाजलाई निःस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिने संस्थाले जनाएको छ। 

यी अवार्डहरु आयोजना गर्नुको उद्देश्य भनेको कोर्पोरेट पोलिसिज, प्रोग्राम्स र प्रफर्मेन्सको पहिचान गर्न र सामाजिक तथा व्यावसायिक उत्तरदायित्व र योगदानको पहिचान गर्नु रहेको संस्थाले जनाएको छ। कुनै पनि प्रकारका अवार्ड कार्यक्रम संस्थाहरुको प्रफर्मेन्स अनुमोदन गर्न र सम्मान गरिने व्यक्ति तथा संस्थालाई अझै राम्रो गर्नका लागि प्रोत्साहन गर्न गरिन्छ। 

यो विश्वास र उद्देश्यका साथ कोर्पोरेट क्लब नेपालले विगत लामो समयदेखि यो कार्यक्रमको योजनामा काम गरिरहेको छ। योे योजनाको दोस्रो संस्करण दि सोल्टी काठमाण्डौमा यही पुस १४ गते आयोजना गरिने संस्थाले जनाएको छ।