काठमाण्डौ । ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लब नेपाल प्रालिले आज बिहीबार काठमाण्डौस्थित द सोल्टीमा ‘दि एचआरएम नेपाल अवार्डस अफ कर्पोरेट एक्सिलेन्स एन्ड दि एचआरएम नेपाल अवार्ड्स अफ डिन्टिग्विज्ड सर्भिसेज–२०२२’को दोस्रो संस्करण सम्पन्न भएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनको मुख्य अतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो।
यस्ता कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुका साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि गर्दछ भन्ने मान्यता आयोजकको रहेको छ।
आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागिपरेका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अघि वढिरहेको आयोजक समितिका अध्यक्ष मोहन ओझाले जानकारी दिए।
यो कार्यक्रमको तयारी पछिल्लो ६ महिनादेखि नै सुरु भएको थियो। निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिनादेखि अनवरत रुपमा कार्यसम्पादन गर्दै आएका थिए। निर्णायक मण्डलको नेतृत्व प्राडा फत्तबहादुर केसी गरेका थिए। अन्य निर्यायक सदस्यमा वुमन अफ ह्युमन राइट्सका फाउन्डिङ प्रेसिडेन्ट लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सीईओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आईडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा। छिरिंग लामा थिए।
यस्ता छन् सम्मानित हुने व्यक्ति र संस्था
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago