काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत विभिन्न तहको मतगणना सुरु भइसकेको छ । धेरै ठाउँको प्रारम्भिक मतपरिणाम समेत सार्वजनिक हुन थालेको छ । हालसम्मको मतपरिणाम अनुसार सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले सुरुवाती अग्रता लिएको छ भने उसलाई प्रमुख प्रतिपक्षी एमालेले पछ्याइरहेको छ । माओवादी केन्द्र तेश्रो स्थानमा कायमै छ । 
देशका विभिन्न क्षेत्रबाट प्राप्त ताजा मतपरिणाम यस्तो छ :

  • विराटनगर महानगरपालिकामा मतगणना अझै सुरु हुन सकेको छैन
  • इटहरी उपमहानगरपालिमामा मतगणना सुुरु भएको छ 
  • मोरंगको बेलबारी नगरपालिकामा कांग्रेसले र सुन्दर हरैंचा नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएका छन् । 
  • झापाको गौरीगञ्ज गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ, उसलाई एमालेले पछ्याइरहेको छ । 
  • ताप्लेजुंगको फूंगलिंग नगरपालिकामा एमालेले अग्रता लिएको छ, उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • डोटीको आदर्श गाउँपालिकामा एमालेले अग्रता लिएको छ, उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • डोटीको सायल गाउँपालिकामा कांग्रेसले झिनो अग्रता लिएको छ भने शिखर नगरपालिकामा समेत कांग्रेसको अग्रता कायम छ । उसलाई एमालेले पछ्याइरहेको छ । 
  • रोल्पा नगरपालिकामा माओवादीले अग्रता लिएको छ, उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • दांगको तुल्सीपुर नगरपालिकामा एमाले अग्रता छ । उसलाई कांग्रेसले मेयर र उपमेयर दुवैमा पछ्याइरहेको छ । 
  • अर्घाखाँचीको शितगंगा नगरपालिकाको २ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ । 
  • दांगको गढवा गाउँपालिकामा एमाले अग्रता छ भने उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ । 
  • पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेसको अग्रता छ, एमालेले पछ्याइरहेको छ । 
  • डोटी दिपायल नगरपालिकामा कांग्रेसले फराकिलो अन्तरले अग्रता बढाएको छ, एमालेले पछ्याइरहेको छ । 
  • अछामको रामरोशन गाउँपालिकामा माओवादीले सुरुवाती अग्रता लिएको छ, उसलाई एमालेले पछ्याइरहेको छ । 
  • मोरंगको उर्लाबारी नगरपालिका र झापाको बिर्तामोड नगरपालिकामा एमालेले अग्रता लिएको छ । दुवै नपामा उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • झापाको दमक नगरपालिकामा समेत एमालेले अग्रता कायम गरेको छ । उसलाई माओवादीले पछ्याइरहेको छ । 
  • नवलपरासीको सुनवल नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ, एमालेले पछ्याइरहेको छ । 
  • कञ्चनपुरको बेदकोट नगरपालिकामा एमाले अग्रता छ । माओवादीले पछ्याइरहेको छ । 
  • बाँकेको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरमले सुरुवाती अग्रता लिएको छ । उसलाई एमालेले पछ्याइरहेको छ । 
  • कञ्चनपुरको बेलडाडी नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ, उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • डेडेलधुराको अजयमेरु गाउँपालिकामा एमालेले अग्रता लिएको छ,उसलाई माओवादीले पछ्याइरहेको छ । 
  • बैतडीको दशरथचन्द नगरपालिकामा राप्रपाको अग्रता छ । उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • टिकापुर नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता छ, उसलाई कांग्रेसले पछ्याइरहेको छ । 
  • भोजपुर नगरपालिकामा माओवादी अग्रता छ, उसलाई एमालेले पछ्याइरहेको छ । 
  • डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसको अग्रता छ, यो प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ हो । 
  • डोटीको आदर्श गाउँपालिकामा एमाले अग्रता छ भने रुपन्देहीको देवदह नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । 
  • दार्चुलाको लेकम गाउँपालिकामा एमाले र सुनवल नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । 
  • बाजुराको गोमुल गाउँपालिका वडानम्बर १ मा एमालेका हरि रोकायाको प्यानल नै विजयी भएको छ । गाउँपालिका अध्यक्षमा पनि एमालेकै अग्रता कायम छ ।