काठमाण्डौ । मतगणना भइरहेका अधिकांश क्षेत्रमा बाम गठबन्धन अगाडि देखिएपछि निराश कांग्रेस कार्यकर्ता तथा समर्थकलाई आशाको संचार गराउनसक्ने कांग्रेसका केही चर्चित र युवा उम्मेद्वारको सुरुवाती अवस्था नाजुक देखिएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि १ मात्र क्षेत्र रहेको ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली कांग्रेसका चर्चित युवा नेता रामहरि खतिवडा निकै फराकिलो मत अन्तरले पछाडि परेका छन् । 

यो क्षेत्रमा एमालेका उम्मेद्वार यज्ञराज सुनुवारले १२ सय ९९ मत ल्याएका छन् । तर, खतिवडाले ४ सय ३४ मत मात्र ल्याएका हुन् । 

कांग्रेसका आशलाग्दा युवा नेताहरुको सुरुवाती अवस्था यति नाजुक देखिएपछि कतै देशभर कांग्रेसले लाजमर्दो हार त व्यहोर्ने होइन भन्ने आशंका बलियो बन्दै जाने देखिन्छ ।